• Saturday 25th July 2026

लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीद्धारा दृष्टिविहीनहरुलाई खाना

लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीद्धारा दृष्टिविहीनहरुलाई खाना


  • लुम्बिनी रिभ्यू

बुटवल । लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटीले बुटवल १५ उजेलापुरमा रहेका दृष्टिविहीनहरुलाई खाना खुवाएको छ ।
ऋषि पन्चमीको अवसर पारेर शालिकराम घिमिरेको स्मृतिमा लुम्बिनी अपाङ्ग दृष्टि विहीन अनाथ आश्रममा रहेकाहरुलाई खाना खुवाइएको हो । आश्रममा ३६ जना रहेका छन् ।
क्लबका डिस्टिक सिनीयर एडभाईजर राधिका भुसालको प्रमुख आतिथ्यता, वृद्धआमा रेनु घिमिरे र आश्रमका अध्यक्ष मिरा खड्काको आतिथ्यता र सीता पाण्डेको संयोजनमा कार्यक्रम भएको थियो ।
सेवा नै शान्तिको मुल आधार भन्ने उद्धेश्यले दृष्टिवीहिनहरुलाई खाना खुवाइएको अध्यक्ष कमला पन्थले बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend