• Saturday 25th July 2026

एक्लै चुनाव लड्ने र एक्लै जनमत लिने हिम्मत एमालेको मात्रै छ : एमाले उपाध्यक्ष विष्णु पौडेल

एक्लै चुनाव लड्ने र एक्लै जनमत लिने हिम्मत एमालेको मात्रै छ : एमाले उपाध्यक्ष विष्णु पौडेल

एमालेसँग एक्लै चुनाव लड्ने आँट कुनै दलसँग छैन


  • लुम्बिनी रिभ्यू

बुटवल  । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेसँग एक्लै चुनावमा लड्ने आँट नेपालका कुनै पनि राजनीतिक दलसँग नभएको चेतावनी दिएका छन्  ।

प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आफ्नै खुट्टाले मात्रै चुनाव लड्ने आँट नभएकाले दलहरू गठबन्धनमा गएर अरुको खुट्टामा बैसाखी टेकेको आरोप लगाए । ‘एक्लै चुनाव लड्ने र एक्लै जनमत लिने हिम्मत एमालेको मात्रै छ । अरु दलमा छैन,’ उनले भने, ‘ त्यसैले एमालेका विरूद्ध सबै दलहरूको अपवित्र गठबन्धन गरेका छन् ।’

उपाध्यक्ष पौडेलले गठबन्दन नै गरेर गए पनि स्थानीय तहको चुनावमा मतको आधारमा एमाले पहिलो पाटी बनेको दावी गरे । आउ“दो मंसिर ४ को प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा पनि एमाले पहिलो पाटी बन्न कसैले रोक्न नसक्ने उनले जीकिर गरे । ‘उनीहरु गठबन्दन गर्छन् । तर जनमत एमालेले पाउछ,’उपाध्यक्ष पौडेलले भने ‘सके एमालेले बहुमतको सरकार बनाउछ नत्र सबैभन्दा ठूलो दलहका रुपमा रहने छ। गठबन्धनको वैशाखी टेकेर एमालेसग प्रतिस्पर्धा गरे पनि अरु दलहरु असफल भइरहने उनले बताए ।

पूर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले एमालेको प्रमुख एजेण्डा भनेकै चुनाव जित्ने भएको बताउदै आउ“दो निर्वाचनमा केन्द्रित हुन पार्टी कार्यकर्ता र भ्रातृ संगठनहरूलाई आग्रह गरे । ‘निर्वाचन सम्मुखमै आइसकेको छ, अब हाम्रा मुख्य एजेण्डा भनेकै निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउने भन्ने हो,’ उनले भने, ‘ त्यसमा लाग्न पार्टीका सबै सदस्यहरू ,कार्यकर्ता र भ्रातृ संगठनहरूलाई आग्रह गर्छु।,’

नेता पौडेलले रुपन्देहीको विकास देशकै नमुना भएको बताउदै एमालेले अगाडि सारेका योजनामा पछिल्लो समय अरुले भ्रम छर्ने काम गरेको बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend