
बुटवल । महिलाहरुमाथि घरभित्र मात्र होइन सार्वजनीक स्थानमा समेत हिंसा हुने गरेको छ । कमजोर सहयोगी संयन्त्र र महिलालाई दोषी देख्ने संस्कृतिका कारण सार्वजनीक स्थलमा समेत महिला एवं किशोरीहरु सुरक्षीत हुन नसकेको एक अध्ययनले देखाएको छ ।
ओरेक नेपालले सार्वजनीक स्थलमा महिला तथा किशोरीमाथि हुने स्थलबारे गरेको अध्ययनमा यस्तो भेटिएको हो । निर्वाचित जनप्रतिनिधिहरुको सार्वजनिक स्थलमा पहुंच तथा उनीहरुमाथि हुने हिंसा, सार्वजनिक स्रोतहरुमा महिलाहरुको पहुंच र स्वास्थय क्षेत्रमा हुने विभेद र हिंसामा केन्द्रीत रहेर २०२१ मा गरेको अध्ययनको सारांश आइतबार बुटवलमा सार्वजनीक गरिएको छ । अध्ययनमा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले महिला तथा किशोरी प्रजनन र यौन रोगको उपचारमा जादा चरीत्रहीनको आक्षेप लगाएको , अनावश्यक रुपमा संवेदनशील अंग छोएको गोपनियता नराखेको उल्लेख छ ।
अस्पतालहरुमा महिला स्वास्थ्यकर्मी नहुदा समस्या बताउन नसकेको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको उपचारमा बेवास्था र अपमान गरेको बताइएको छ । हिंसा प्रभावीत महिला प्रहरी, न्यायीक समिति, अदालत लगायतका ठाउंमा जादा गोपनियता नभएको, द्रुत सेवा नदिएको, घटना अनुसन्धानलाई बेवास्था गरेको, समस्या बुझ्ने भन्दा जवरजस्त मेलमिलापलाई दवाव दिएको अध्ययनमा उल्लेख छ । सुनुवाइ कक्ष, सोधपुछ कक्ष र घटना अनुसन्धान कक्ष फर फरक नहुदा गोपनियता नभएको धेरैको गुनासो छ । अध्ययनमा कतिपय महिला जनप्रतिनिधिहरुको मानहानी एवं चरित्रहत्या गरिएको र त्यस्तो काममा सहकर्मीहरु पनि सहभागी भएको उल्लेख छ । उपप्रमुख महिला भएको स्थानमा कामको बोझ बढी भएको तर उनीहरुको भूमिका अनुसार काम गर्न नदिएको , प्रमुखले ओझेलमा पारेको भेटिएको छ । ओरेकले दाड., उदयपुर र मोरड.मा १ सय २७ महिलाहरुको घटना अध्ययनसंगै अन्य घटना विश्लेषण गरेर अनुसन्धान गरेको टिम लिडर सुनिता मैनालीले बताइन् ।

घटना सार्वजनीक कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले महिलाहरु असुरक्षीत हुने अवस्था रोक्न तीन तहकै सरकारले समन्ययात्मक रुपमा सुरक्षा, संरक्षण र रोकथामका कार्यक्रम गर्नुपर्ने आवश्यकता देखेको बताइन् । लुम्बिनी प्रदेशकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीले पारिवारिक, सामाजिक, सास्कृतिक र राजनीतिक रुपमा महिलाहरुमाथि हिंसा भएको बताउदै हिंसाका जन्जीरहरुलाई विस्तारै हटाउनुपर्ने बताइन् । ‘चेतना प्रवाह, सीप विकास र सशक्तिकरणका माध्ययमबाट महिलाहरुलाई सशक्त बनाउने अभियान चलाएका छौं,’ उनले भनिन् , ‘अब सामाजिक संरचना र भौतिक पूर्वाधार पनि लैंगिकमैत्री बनाउनुपर्ने देखियो ।’

लुम्बिनी रिभ्यू