
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानका कारण सबै जातजाति, भाषाभाषी, वर्ग, लिंग र क्षेत्रले राज्य संचालनमा पहुंच र अवसर पाएको बताएका छन् । उनले संघीय संविधान बनेकै कारण देशमा प्रदेश संरचना बनेको र स्थानीय सरकार एवं संघीय सरकारको बीचमा रहेर नागरिकमाझ पुलको काम गर्न पाएको जनाए ।
संविधान दिवसको अवसरमा प्रदेश सरकारले बुटवलमा आयोजना गरेको मूल समारोहमा बोल्दै मुख्यमन्त्री केसीले नेपालको संघीय प्रणाली विश्वकै उत्कृष्ट नमुना रहेको र प्रदेश सरकार समावेशी सिद्धान्तका आधारमा यसलाई सस्थागत गर्न लागिपरेको बताए । ‘ प्रदेश सरकार संविधानको मर्म अनुसार पछाडि परेको पारिएको वर्ग, क्षेत्र, जाति, समुदायलाई अगाडि ल्याउने र उनीहरुको पहु“मा विकास पुर्याउने काममा लागिरहेको छ ।,’ उनले प्रदेश सरकार भित्र र प्रदेश सरकारले गरेका काम दुवैमा संविधानको समावेशी सिद्धान्तको मर्म अंगिकार गरिएको दावी गरे ।मुख्यमन्त्रीले संविधान परिपक्क हुदै जादा संविधानको कार्यान्वयन पनि परिपक्क हुदै गएको र संविधान विपरित जाने छुट कसैलाई नभएको पनि बताए ।

संविधान दिवसको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले प्रभातफेरि सहित प्रदेशमा रहेका विभिन्न जातजाति, भाषाभाषि लगायतले झाँकी प्रद्धर्शन गरेको थियो । बुटवलको राजमार्ग चौराहबाट निस्ककेको रयाली बुटवल सम्मेलन केन्द्रमा पुगेर सभामा परिणत भएको थियो । सभामा संविधान दिवसको अवसरमा विभिन्न व्यक्तिहरुलाई पदक तथा उत्कृष्ठ झाकीहरुलाई पुरस्कृत गरिएको थियो ।

लुम्बिनी रिभ्यू