• Saturday 25th July 2026

पर्यटन पर्वद्धनका लागि बुटवलको तिनाउ नदी किनारमा सन्ध्याकालिन आरती

पर्यटन पर्वद्धनका लागि बुटवलको तिनाउ नदी किनारमा सन्ध्याकालिन आरती

तिनाउ नदी किनारमा सयौं नागरिक भेला


  • लुम्बिनी रिभ्यू

बुटवल । बुटवलको तिनाउ नदी किनारमा सन्ध्याकालिन दुर्गा आरती गरिएको छ ।
नवदुर्गाको सुरुवातको दिन घटस्थापनाको अवसर पारेर दुर्गा मन्दिर परिसरमा दुर्गा पूजासहित आरती गरिएको हो ।
नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट लुम्बिनीले धार्मिक र सांस्कृतिक गतिविधिबाट पर्यटन प्रवद्धन गर्न भन्दै दुर्गा आरती आयोजना गरेको अध्यक्ष रचना पन्थले बताइन् । जसमा विधिपूर्वक दुर्गा पूजा गरी तीनजना बटुकले आरती गरेका थिए ।


आरती दर्शनका लागि तिनाउ नदी किनारमा सयौं नागरिक भेला भएका थिए । आरती कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री तथा यस क्षेत्रका संघीय सांसद विष्णुप्रसाद पौडेलले धार्मिक र सांस्कृतिक परम्परामा धनी नेपालीहरुले तिनको संरक्षण गर्न मात्र सके पनि पर्यटन प्रवद्धन गर्न सकिने बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend