
बुटवल । आगामी निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहीत बनाउन सामाजिक संजालको दुरुपयोग, भ्रामक एवं मिथ्या सुचना प्रवाहलाई रोक्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । सामाजिक संजालको प्रयोग गरेर गलत सुचना दिने र भ्रम फैलाउनेलाई अनुगमन गरी कारबाहीको दायरामा ल्याउन उनीहरुले आग्रह गरे ।
निश्पक्ष निर्वाचनका लागि सरोकारवालाको भूमिका विषयमा चा“दनी नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा सरोकारवालाको पहलमा दलहरुलाई निर्वाचन आचार संहिता पालनामा प्रतिवद्ध बनाउनुपर्ने पनि बताए ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले भ्रामण सुचना दिने र सामाजिक संजालमा भ्रामक विषय राख्ने विरुद्ध नियगमन, अनुगमन जरुरी रहेको बताए ।सामाजिक प्रतिष्ठा कमाएकै व्यक्ति अनेक भूमिकामा देखिने र सामाजिक संजाल प्रयोग गरेर कुनै दल वा समूहको बचाउ र कुनैको विरोधमा लाग्दा नागरिक अन्योलमा पर्ने अर्को समस्या रहेको उनले बताए । ‘बल र पैसाको भरमा चुनाव जित्ने प्रवृत्ति अहिले पनि कायम छ । फजुल खर्च रोक्ने र आचारसंहिता पालना गर्नेमा दल र तिनका नेतालाई प्रतिवद्ध बनाउनुपर्ने छ,’ उनले भने ।
गैर सरकारी सस्था महासंघका अध्यक्ष धर्मराज घिमिरेले मतदाता शिक्षा अभावमा मत बदर हुने अवस्था हुन दिन नहुने बताए । निर्वाचनका बेला हुने पर्यवेक्षकको तटस्थता र विश्वशनियता बढाउन आग्रह गरे । इन्सेक प्रतिनिधि रीमा विसीले मतदाताले ढुक्कसंग रोजेको उमेदारलाई मतदान गर्ने अवस्था सिर्जना गरिदिन नागरिक अगुवाहरुले भूमिका खेल्नुपर्ने बताइन् । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस चौतारीका लक्ष्मण पौडेल, प्रेस युनियनकी रेखा भुसाल, अभिभावक संघका लोकनाथ ज्ञवाली, पारदर्शी सरोकार समूहका दीपक ढकाल लगायतले निर्वाचन स्वच्छ र भयरहीत बनाउनेबारेमा आफ्ना धारणा राखेका थिए ।


लुम्बिनी रिभ्यू