• Saturday 25th July 2026

बुटवललाई नमुना शहर बनाउने योजना छ : भोजप्रसाद श्रेष्ठ

बुटवललाई नमुना शहर बनाउने योजना छ : भोजप्रसाद श्रेष्ठ


  • लुम्बिनी रिभ्यू


बुटवल । नेकपा एमाले रूपन्देही –२ (२) का प्रदेशसभा सदस्य पदका उम्मेदवार भोजप्रसाद श्रेष्ठले नमुना बुटवलको खाका तयार गर्ने बताएका छन् ।
जनताको आवश्यकताका आधारमा सन्तुलित र समानुपातिक विकासको मोडल तयार गरी बुटवलको समृद्धिको सारथि बनेर काम गर्ने उनको योजना छ ।
आइतबार बुटवलमा पत्रकारहरूसगको छलफलमा जनतामा प्रत्यक्ष जोडिएका योजना ल्याएर बुटवल क्षेत्रलाई नमूना बनाउने बताए । श्रेष्ठले आफू बुटवल नगरको नेतृत्व र सरकारमा रहदा पनि दीर्घकालीन महत्वका काम गरेर बुटवललाई बस्न लायक बनाएको बताए । बुटवलका कर्णेल उजिरसिंह अटो भिलेज, मणिमुकुन्द सेन उद्यान (फूलबारी) स्थापना, तत्कालिन ज्योतिनगर पहिरोको रोकथाप र प्रभावितलाई उचित व्यवस्थापनको काम पनि आफ्नो पालामा भएको श्रेष्ठको भनाइ थियो ।
निर्वतमान लुम्बिनी प्रदेशका मन्त्री समेत रहेका श्रेष्ठले शिक्षा, स्वास्थ्य, रोजगार सृजना र गरिवी निवारण अहिलको आवश्यकता रहेको जनाए । भौतिक पूर्वाधार, औद्योगिक, पर्यटकीय क्षेत्र, कृषि उत्पादकत्वमा वृद्धि, शिक्षा, स्वास्थ्य तथा यूवाहरूको रोजगारी वृद्धिको लागि लागिरहने उनले जनाए । भौतिकसंगै सामाजिक विकासमा पूर्ण रूपमा ध्यान दिएर काम गर्ने उनको भनाइ थियो । ‘प्रदेश सरकारको मन्त्री म ९९ दिन मात्र बने’ श्रेष्ठले भने, ‘त्यो बेला कोभिड–१९ को महामारीमा पनि निकै राम्रा काम गरें ।’
अस्पतालमा अक्सिजनको दिगो व्यवस्थापन , विरामीलाई नि:शुल्क रगत, अस्पताल विकास समितिलाई पूर्णता लगायतका काम आफूले सुरु गरेका र ती सबै काम अहिले पूर्ण रूपमा लागू भएको उनले बताए ।
बुटवल आर्थिक राजधानी भएकोले यसलाई बलियो बनाउतर्फ सबैको ध्यान जान आवश्यक रहेको श्रेष्ठले बताए । भर्जीन एरिया खोज्दै राजधानी भालुवाड. लैजानु गलत निर्णय भएको भन्दै उनले अनुपयुक्त सावित भए त्यो फकिन पनि सक्ने बताए ।
एमालेलाई हराउन गठबन्धन गरिएको भन्दै उनले गठबन्धनभन्दा एमाले बलियो रहेको श्रेष्ठको दावी छ । ‘गठबन्धनले अनेक भ्रम फैलाएर मतदाता प्रभावित पार्न खोज्दैछ । जनताको अभिमत एमालेतर्फ छ । एमालेले विजय हाँसिल गर्छ ।’ प्रदेश उपाध्यक्ष समेत रहेको उम्मेदवार श्रेष्ठले भने । प्रदेशसभाको विधान समितिले बसेर प्रदेशले बनाएका कानून निर्माणमा पनि महत्वपूर्ण भूमिका निभाएको अनुभव छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend