• Saturday 25th July 2026

हामी निरन्तर चुनाव प्रचार प्रसारमा छौं : पन्थी

हामी निरन्तर चुनाव प्रचार प्रसारमा छौं : पन्थी


  • लुम्बिनी रिभ्यू

बुटवल – नेकपा एमालेले सर्वोच्च अदालतले रुपन्देही–२ का सत्ता गठबन्दनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरिएको विषयमा कारण देखाउ आदेश जारी गरेकोबारे आफ्नो कुनै सरोकार नभएको बताएको छ । आफूले कुनै उमेदवार विरुद्द उजुरी दिनेलिने काम नगरेकाले त्यसपछिका घटनाबारे पनि सरोकार नराखेको र यसले कुनै असर नगरेको उसले जनाएको छ ।
रुपन्देही २ का निर्वाचन परिचालन कमिटिका संयोजक तथा एमाले केन्द्रीय अनुशाशन विभागका उपाध्यक्ष नेत्र पन्थीले उमेदवारी दर्तादेखि एमाले निरन्तर चुनाव प्रचारप्रशारमा खटेकाले कोही उमेदवारको खारेजी वा अन्तरीम आदेशबारे चासो नभएको बताए । उनले अदालती प्रक्रिया जेसुकै भएपनि एमाले आफ्ना योजना बताउदै नागरिकमाझ खटिरहेको र खटिरहने पनि बताए । ‘हामी चुनाव जित्ने अभियानका साथ आफ्नो प्रचारप्रशारमा खटेका छौं । अरु कुनै उमेदवारको विरुद्ध उजुरी गर्न पनि गएनौं । त्यसपछि के भयो र हुदैछ भन्ने सोधीखोजीमा पनि लागेका छैनौं ।’
निर्वाचन परिचालन कमिटीका संयोजक पन्थीले लोकतन्त्रमा जुनसुकै दल चुनावी प्रतिश्पर्धामा जानु स्वभाविक भएको बताउदै जित्न भने जनताको मन जित्नुपर्ने बताए । ‘एमालेले जनताको मन जितेको छ । हामीले विकासप्रेमी उमेदवार पाएका छौं,’ पन्थीले भने, ‘हामी कसैको आलोचना र चासोमा समय फाल्दैनौं । निरन्तर चुनावी अभियानमा लागीरहेका छौं ।’ उनले प्रचार कार्यालयहरु उद्घाटन र अगुवा कार्यकर्ता भेला सकिएकाले अब घरदैलोमा लाग्ने बताए ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend