• Saturday 25th July 2026

टिकट नपाउंदैमा पार्टी छाड्नेको पछाडि नलाग्नुस् : एमाले सचिव छविलाल विश्वकर्मा

टिकट नपाउंदैमा पार्टी छाड्नेको पछाडि नलाग्नुस् : एमाले सचिव छविलाल विश्वकर्मा


  • लुम्बिनी रिभ्यू

बुटवल । एमाले सचिव छविलाल विश्वकर्माले एक पटक टिकट नपाउंदैमा पार्टी छाड्नेको पछाडि नलाग्न निर्देशन दिएका छन् । आफ्नै ठेगान नहुनेले देश जनता र अरु कार्यकर्ताको व्यवस्थापन गर्न नसक्ने उनले दाबी गरे ।
रुपन्देही क्षेत्र नंं १ का प्रतिनिधि सभा उम्मेदवार विश्वकर्माले आफ्ना प्रतिश्पर्धी घनश्याम भुसालप्रति इंगीत गर्दै लोकतन्त्रमा दलको विकल्प दल हुनसक्ने तर निर्दल नहुने बताए । ‘एकपटक टिकट नपाउंदैमा पार्टी छाड्ने र आफनै पार्टीको सरकारलाई गिराउनेले मुलुकलाई सही मार्गमा डोर्‍याउन सक्दैन,’ मंगलबार रुपन्देही क्षेत्र नं १ (२) निर्वाचन प्रसार प्रसार कार्यालय तथा भेला उद्घाटन गर्दै विश्वकर्माले भने, ‘दलको विकल्प निर्दल कहिल्यै हुन सक्दैन ।’ लोकतन्त्रमा दलवीहिनताको कल्पना गर्नेलाई नागरिकले चिन्नु पर्ने पनि उनले बताए ।
पूूर्व मन्त्री समेत रहेका विश्वकर्माले बुद्धमावली क्षेत्रको विकास र पहिचानमा बांकी रहेका काम गर्न आफ्नो उमेदवारी रहेको बताए । उनले विकास, समृद्धि र राष्ट्रियताको रक्षाका लागि एमालेले–राप्रपा–जसपा तालमेल भएको पनि स्पष्ट पारे ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend