
बुटवल । कांग्रेस नेता रामशरण महतले अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने ठोकुवा गरेका छन् ।
रिपोटर्स क्लब लुम्बिनीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता उनले गठबन्दन दलमा सबैभन्दा ठूलो दल कांग्रेस भएको हिसाबले अबको प्रधानमन्त्री कांग्रेस सभापति बन्नेमा कसैले रोक्न नसक्ने दावी गरे । महतले कांग्रेसभित्र पनि देउवा प्रधानमन्त्रीमा सर्वसहमत हुने दाबी गरे ।
नेता महतले अहिलेको निर्वाचनमा लोकतन्त्र एवं संविधान संरक्षण पक्ष र विपक्ष गठबन्दनको भएको बताउदै जीत लोकतन्त्रपक्षधरकै हुने दाबी गरे । सत्तापक्षीय गठबन्दनमा धेरै दल र धेरै जनमत मात्र होइन लोकतन्त्र एवं संविधान संरक्षण योजना भएकाले जीत सुनिश्चित रहेको बताए । उनले एमाले प्रधानमन्त्री ओली र नेकपा सरकारले बहुमत ल्याउदा पनि साढे तीन वर्षमा उल्लेख्य काम गर्न नसकेको र बहुमत सरकार नटिकाएकाले पनि अहिले धेरै मतदाताले कांग्रेससहितको गठबन्दनलाई भोट हाल्ने दाबी गरे ।

लुम्बिनी रिभ्यू