
बुटवल । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले गठबन्धन सरकारका कारण देशमा महंगी र भ्रष्टचार बढेको बताएका छन् । गठबन्धनका नेताहरु निजी स्वार्थमा लाग्दा राष्ट्रियता समेत कमजोर बन्दै गएको उनले आरोप लगाए । देश र नागरिकको हीत कहिल्यै प्राथमिकतामा परेन । सरकार कसरी टिकाउने भन्नेमा लिप्त हुंदा महंगी र भ्रष्टाचार बढ्यो । राष्ट्रियता कमजोर भयो,’ बुधबार रुपन्देहीको देवदहमा आयोजित कार्यकर्ता भेटमा सचिव विश्वकर्माले भने ।
रुपन्देही क्षेत्र नंबर १ का उम्मेदवार समेत रहेका विश्वकर्माले राष्ट्रको अहितमा काम गरेका सत्ता गठबन्धनलाई परास्त गर्ने बेला आएको बताए । उनले राष्ट्रियताको पक्षधरलाई जिताउन कार्यकर्ताहरु सचेत भएर लाग्नु पर्नेमा पनि जोड दिए ।

लुम्बिनी रिभ्यू