• Saturday 25th July 2026

एमाले नेता भूमिश्वर ढकाल भन्छन् : देशमा विकास र निकासका लागि एमालेलाई जिताउनुस्

एमाले नेता भूमिश्वर ढकाल भन्छन् : देशमा विकास र निकासका लागि एमालेलाई जिताउनुस्


  • लुम्बिनी रिभ्यू


रुपन्देही । एमाले नेता भूमिश्वर ढकालले गठबन्दन सरकारका कारण देशमा महंगी र भ्रष्टाचार बढेको बताएका छन् ।
एमाले रूपन्देही जिल्ला इन्चार्ज तथा क्षेत्र नं ५ (क) का उम्मेदवार ढकालले गठबन्धन सरकारको गलत नीतिका कारण अर्थतन्त्र डमाडोल भएको जनाए । एमाले सरकार रहदा बढेको आर्थिक वृद्धिदर सत्ता गठबन्धन १४ महिना सरकारमा रहँदा घटेको र अर्थतन्त्र दिनप्रतिदिन बिग्रिएको उनले जनाए। रूपन्देहीको क्षेत्र नं। ५, कञ्चनमा नेकपा एमालेको चुनाव प्रचारप्रसारका क्रममा उनले अहिले पेट्रोलको भाउ दोब्बर बढेको , बैंकले लगानी नगर्ने अवस्था आएको र व्यापार व्यावसाय ठप्प भएको गुनासो गरे । नेता ढकालले किसानले बीउ मल नपाउने, हरेक कुरामा महंगी बढ्ने र भ्रष्टाचार बढीरहेको बताए ।
नेता ढकालले अब देशलाई विकास र निकास चाहिएको बताउदै उनले त्यसका लागि एमालेको सरकार आवश्यक रहेको जनाए। आफू संसदमा रहँदा आफ्नो क्षेत्रमा देखिने गरि, जनताले महसुस हुने गरि काम गरेको बताउदै अब पनि विकासमा काम गर्ने दाबी गरे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend