
बुटवल । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशलाई आर्थिक संकटबाट पार लगाउन एमाले सरकार आवश्यक रहेको बताएका छन् । बुटवलमा आइतबार आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुक डरलाग्दो आर्थिक संकटमा पुगेको बताए ।
‘देशको आर्थिक अवस्था डरलाग्दो अवस्थामा छ । देशलाई श्रीलंका हुनबाट जोगाउन पुन: एमालेको जित र एमाले नेतृत्वको सरकार आवश्यक छ’,उनले भने ।
रुपन्देही २ का उम्मेदवार पौडेलले आर्थिक समस्याको निकास, देशको विकास र संमृद्धि एमालेबाट मात्रै सम्भव रहेको दोहोर्याए ।

लुम्बिनी रिभ्यू