• Saturday 25th July 2026

श्रमिकको सम्मान गरे मात्र समृद्धि : जनमुक्ति नेता केशबबहादुर थापा

श्रमिकको सम्मान गरे मात्र समृद्धि : जनमुक्ति नेता केशबबहादुर थापा


  • लुम्बिनी रिभ्यू


बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नं– २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार केशव बहादुर थापाले श्रमिकको सम्मान गरे मात्र समृद्धि आउने बताएका छन् । अबको चुनावमा नयाँ अनुहारहरुलाई एक चोटि हेरेर भए पनि गठबन्धनलाई जिताउन उनले आग्रह गरे ।
उनले आफूले जित हासिल गरेमा श्रमिक वर्गको हितको लागि काम गर्ने प्रतिवद्धता पनि जनाए।
नेता थापाले गठबन्धनको जितले नै समृद्धिको बाटोमा लाग्न सकिने बताए । नेपाल ब्युटिसयन संघले आइतबार योगीकुटीमा आयोजना गरेको कार्यक्रममा उनले जुनकुनै पेशालाई सम्मान गरिनु पर्ने बताए । नेपाल ब्युटिसयन संघका केन्द्रिय सदस्य शारदा शर्माले अहिलेको गठबन्धनको उम्मेदवारलाई जिम्मेवारी पुर्वक जिताउन लाग्न आग्रह गरिन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend