
बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा पतिपत्नी घरभित्रै मृत अवस्थामा फेला परेका छन् ।
देवदह ५ पाल्पाली टोलमा आफ्नै घरमा भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षिय बोलिन्द्र जोल्मी मगर र उनकी पत्नी ३२ वर्षिय हेमकला जोल्मी मगर मृत अवस्थामा भेटिएको रुपन्देही प्रहरीले जनाएको छ ।
केहीदिन अघि वैदेशिक रोजगारमा गएका बोलिन्द्र घर आएका थिए । पत्नीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र पतिको शव पंखामा झुण्डिएको अवस्थामा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीले बताए । बिहान छिमेकीले खबर गरेपछि प्रहरीले घटनाबारे थाह पाएको थियो । शव अहिले घरभित्रै छ । आफन्त आएपछि उजीहरुको रोहवरमा मात्रै शव बाहिर निकालिने प्रहरी नायव उपरिक्षक केसीले बताए ।

लुम्बिनी रिभ्यू