• Saturday 25th July 2026

लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलमै रहन्छ : गृहमन्त्री खाण

लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवलमै रहन्छ : गृहमन्त्री खाण


  • लुम्बिनी रिभ्यू

बुटवल । ­ गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीको बुटवलमै कायम रहने बताएका छन् ।

उनले स्थायी राजधानी तोकिएको क्षेत्र दाड.मा राजधानी लैजादा नेपाल सरकारको खरबौं रकम लगाउनुपर्ने भएकाले उक्त निर्णय सच्चाउनुपर्ने बताए । बुटवलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री खाणले राजधानी तोक्ने अधिकार प्रदेश सभाको भएकाले त्यसलाई परिक्षण गर्ने र सच्चाउने काम पनि प्रदेशबाटै गर्न आग्रह गरे । ‘कुनै पूर्वाधार नभएको स्थानमा राजधानी लैजादा त्यहाको पूर्वाधार निर्माण, पानी, सिचाइ, सडक, भवन बनाउदा नेपाल सरकारको खरबौं रकम खर्च हुने रहेछ,’ गृहमन्त्री खाणले भने, ‘ यतिधेरै सरकारको रकम खर्च गर्न सकिदैन । प्रदेशले त्यसलाई परिक्षण गरोस् । निर्णय सच्चाओस् ।’ लुम्बिनी प्रदेश सभाले २०७८ असोज २१ मा दाड.को देउखुरीमा स्थायी राजधानी तोकेको थियो ।

गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा बुटवलमा आफ्नो अगुवाइमा अस्थायी राजधानी स्थापना गरेको स्मरण गरे । उनले भौतिक पूर्वाधार विकास, केन्द्र र हवाइ संजालको सुगमताका कारण राजधानी बुटवलमा राख्नेमात्र होइन सेनाको प्रदेश मुख्यालय पनि स्थापना गरेको बताउदै पूर्वाधार नै नभएको स्थानमा लगेको राजधानीबारे पुर्नविचार हुने दाबी गरे ।

गृहमन्त्री खाणले प्रदेश सरकारले हतारिएर चुनावको मुखमा यहाका सामान लोड लगेर दाड. लैजान हतार गरेको भन्दै असन्तुष्टि पोखे । सहमती विना राजधानी सारिए बाटोबाटै फर्काउने समेत उनले चेतावनी दिए । सबै दल र नेता चुनाव प्रचारमा लागेका बेला प्रदेश सरकारले यताका सामान लोड गरे राजधानी सर्यो भन्दै उता लगेको छरे,’ रुपन्देहीका जनतालाई थाह नदिइ कसैले राजधानी सार्छ भने बाटैबाट त्यो राजधानी सारेर फिर्ता ल्याइने छ । ’ उनले भने ।

गृहमन्त्रीले देशको मध्यभागमा रहेको रुपन्देही विकासको ठूलो सम्भावनाको बोकेको जिल्ला भएको बताउदै विकासको आधार खडा गर्न दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताए । बुद्धजन्मस्थल लुम्बिनीको महत्व विश्वभर बढाउन अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थल बनाएको बताउदै यसलाई पूर्णरुपमा संचालन गर्ने योजना बनाएको बताए ।

विकासलाई रुपन्देही केन्द्रीत गरेको बताउदै यहांको विकास देशकै विकासको आधार रहेको बताए । ‘पाचदलिय गठबन्दनले जे बोल्छ उही गर्छ । हामीले छलछाम गर्दैनौं । प्रतिपक्षीले दिग्भ्रमीत सन्देश प्रवाह गरेको बताउदै त्यसलाई विश्वाश नगर्र्नुस्,’ उनले भने ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend