
बुटवल । रुपन्देही निर्वाचन क्षेत्र ५ का एमाले उम्मेदवार वासुदेव घिमिरेले लुम्बिनीलाई केन्द्र भागमा राखेर यस क्षेत्रको योजनावद्ध विकास गर्ने बताएका छन् । उनले बुद्धजन्मस्थ भएर पनि स्थानीयले लाभ लिन नसकेको बताउदै अब लुम्बिनीवासीले लुम्बिनीबाट लाभ लिन पाउने बताए । कञ्चन गाउँपालिकामा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘यहाका मतदाताले तीव्र विकास र परिवर्तन चाहेका छन्, एमाले उम्मेदवार घिमिरेले भने, ‘ बुद्धजन्मस्थल रहेको यो क्षेत्रलाई विकासमा पनि नमुना बनाउने योजना बनाएको छु ।’ उनले बुद्धजन्मस्थल लुम्बिनीको विकासबाट स्थानीयले फाइदा लिनसक्ने बनाउने, सडकको स्तरोन्नति , कृषिको व्यवसायिकरण र बजारिकरण एवं अव्यवस्थित बसोबासी, भूमिहिन, सुकुम्बासीहरूको समस्या समाधान गर्ने बताए ।
रुपन्देही ५ मा स्थानीय तहमा वडाअध्यक्षले पाएको मतका आधारमा एमाले ठूलो पाटी हो । एमालेले २७ हजार १ सय ४५ ल्याउदा कांग्रेसले २६ हजार ८ सय ८८ मत ल्याएको थियो । एमाले गठबन्दनको मत ३९ हजार २ सय ९५ छभने कांग्रेस गठबन्दनको ३६ हजार २ सय ३२ छ । एमाले उम्मेदवार घिमिरे भने आफू अंकगणित र कामको परिणाममा विश्वाश राख्ने बताउदै आफू चुनाबी दौडमा अगाडि रहेको बताउछन् ।
एमालेसहितको गठबन्दनको मत अगाडि रहेको र आफूले ल्याएका चुनावी एजेण्डा नागरिकमैत्री भएको र यसअघिका सांसदले देखाउन मिल्ने काम नगरेकाले आफूप्रति मतदाताको भरोसा बढेको तथा चुनावी दौडमा अगाडि रहेको बताए । ‘यो क्षेत्रमा यौटा अस्पतालसमेत छैन । उपचार गराउन नागरिक कि बुटवल कि भैरहवा जानुपर्ने बाध्यता छ । शिक्षाको अवस्था दयनिय छ,’ घिमिरेले भने, ‘यस्तो अवस्था फेर्न सुविधा सम्पन्न एक सय शैयाको अस्पताल बनाउने, प्रत्येक गाउ“पालिका र नगरपालिकामा सुविधा सम्पन्न बर्थिङ सेन्टर खोल्ने, प्राविधिक शिक्षालय र सामुदायिक क्याम्पस बनाउने र लुम्बिनीको पर्यटन विकासमा स्थानीयलाई जोड्ने योजना बनाएको छु । जसलाई धेरै मतदाताले रुचाउनुभएको छ।’ विकास र निकास सहितका चुनावी एजेण्डा बनाएकाले स्वतन्त्र र तटस्थ मतदाता पनि आफ्नो पक्षमा लाग्ने घिमिरेले दाबी गरे ।

लुम्बिनी रिभ्यू