• Saturday 25th July 2026

रुपन्देही- २ मा मतगणना सुरु

रुपन्देही- २ मा मतगणना सुरु


  • लुम्बिनी रिभ्यू

बुटवल — रुपन्देहीको क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत उद्वीर नेपालीका अनुसार दिउँसो साढे १ बजेपछि मतगणना सुरु गरिएको हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका, सैनामैना र तिलोत्तमा नगरपालिकाका २३ वडामा फैलिएको यस निर्वाचन क्षेत्रमा १ लाख २६ हजार ८ सय ७ मतदाता रहेका छन् ।

त्यसमध्ये ८१ हजार २ सय २ मत खसेको छ । यस क्षेत्रबाट प्रतिनिधिसभामा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, जनमुक्तिका केशब बहादुर थापामगर, स्वतन्त्र पाटीका गणेश पौडेल लगायत १५ जना उम्मेदवार छन् ।

प्रदेशसभा १ मा एमालेका लिला गिरी, कांग्रेसका दीर्घबहादुर केसी लगायत १२ उम्मेदवार छन् । प्रदेशसभा २ मा एमालेका भोजप्रसाद श्रेष्ठ, माओवादी केन्द्रका वामदेव घिमिरे क्षेत्री लगायत १२ उम्मेदवार छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend