• Saturday 25th July 2026

लुम्बिनीका मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा दधिराम, प्रमुख सचेतकमा तुलसी र सचेतकमा रेखा

लुम्बिनीका मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा दधिराम, प्रमुख सचेतकमा तुलसी र सचेतकमा रेखा


  • लुम्बिनी रिभ्यू

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टी पोलिब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज दधिराम न्यौपाने (एमएस शर्मा) लाई नियुक्त गरेका छन्।

मुख्यमन्त्री गिरीले प्रदेश सरकारका कामहरुमा राजनीतिक समन्वय र आवश्यक सल्लाह लिने गरी प्रमुख राजनीतिक सल्लाहकारमा शर्मालाई नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११ निवासी शर्मा नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। लामो समयदेखि नेकपा माओवादी केन्द्रमा सकृय शर्मा नेकपा विभाजन गर्ने अदालतको आदेशसंगै नेकपा एमाले रोजेका थिए । तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशसभामा सदस्य निर्वाचित भएका शर्माले एमाले रोजेका कारण प्रदेशसभा सदस्य पद गुमाउनु परेको थियो।

यसैगरी रुपन्देहीको ३ को १ बाट निर्वाचित सांसद तुलसी चौधरी प्रमुख सचेतकमा चयन भएका छन् । उनी सोही क्षेत्रबाट दोहोरिएर प्रदेशमा निर्वाचित भएका हुन् । एमाले संसदीय दलको बैठकले उनलाई प्रमुख सचेतकमा चयन गरेको हो ।

त्यसैगरी रेखा शर्मा दाङमा सचेतक चयन भएकी छन् । उनी समानुपातिकमा सांसद बनेकी हुन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend