• Saturday 25th July 2026

नागरिकलाई सुसुचित गराउन संचारमाध्यमको ठूलो तागत छ ः एमाले सचिव पदमा अर्याल

नागरिकलाई सुसुचित गराउन संचारमाध्यमको ठूलो तागत छ ः एमाले सचिव पदमा अर्याल

संचारमाध्ययमले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ


  • लुम्बिनी रिभ्यू

बुटवल,नेकपा एमालेकी सचिव पद्मा अर्यालले नागरिकलाई सुसुचित गराउने र चेतना जगाउने सबैभन्दा धेरै तागत संचारमाध्ययमा रहेको बताएकी छन् । उनले संचारमाध्यमको एक सन्देशले पनि समुदायमा धेरै राम्रो वा नराम्रो प्रभाव पार्ने भएकाले गलत सन्देश प्रवाह नगर्न संचारकर्मीलाई आग्रह गरिन् ।
बुटवलमा शनिबार आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रचार योजना बैठकमा बोल्दै अर्यालले देशका शाशक, राजनीतिक दल र विशिष्ट व्यक्तिले मात्र नभइ आम मान्छेले समेत संचारमाध्ययमका खबर हेरेर आफ्ना धारणा र योजना बनाउने बताइन् । यस्तोमा संचारकर्मी र संचारमाध्ययम अझ संवेदनशील हुनुपर्ने उनले बताइन् । ‘संचारमाध्ययमको ठूलो प्रभाव छ । संचारमाध्ययमले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ । यसले मात्रै देश र नागरिकको हित हुन्छ ।’ अर्यालले भनिन् ।
लोकतन्त्रमा संचारमाध्ययम देश, पाटी र जनताको बलियो पिल्लर भएको बताउदै उनले यस्तो पिल्लरलाई कसैले कमजोर आक्न नहुने बताइन् । एमाले लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेकी अर्यालले पाटीको पुर्नजागरणका लागि आफू तल्लिन भएर लागेको समेत बताइन् ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पाटीका गतिविधि नागरिकमा पुर्याउने र नागरिकको जनमत बुझ्न संचारकर्मी र संचारमाध्ययम पहिलो माध्ययम भएको बताए । उनले पाटीका सबल पक्षहरुलाई सरकारमाझ पुर्याउन संचारकर्मीहरु थप क्रियाशील हुनुपर्ने बताए ।
पोलिट व्युरो सदस्य सूर्य थापाले न्युमिडियाप्रति आम नागरिकको रुची र पहुंच बढेकाले तिनको संचालन र व्यवस्थापनमा पनि चनाखो हुनुपर्ने बताए । उनले नागरिकका आवश्यकता र सबालमा संचारकर्मीहरुले थप सशक्त भएर लेख्नुपर्ने बताए ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले व्यावसायिक पत्रकारितासंगै अहिले पनि देश र जनताको पक्षमा काम गर्न संचारकर्मीहरु मिसनका रुपमा लाग्नुपर्ने बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend