• Saturday 25th July 2026

एमालेले संसदलाई बन्धक बनाउन खोज्दैछ  :  पूर्वउपसभामुख भुसाल 

एमालेले संसदलाई बन्धक बनाउन खोज्दैछ  :  पूर्वउपसभामुख भुसाल 


  • लुम्बिनी रिभ्यू

बुटवल,  पूर्व उपसभामुख पुष्पा भुसालले प्रतिपक्ष दल नेकपा एमालेले संसदलाई बन्दक बनाउदै लगेको बताएकी छन् ।  नेपाली काँग्रेस केन्द्रीय सदस्य भुसालले सुशासन कायम राख्नुपने, अपराध प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै केहीदिन यता संसद अबरुद्ध गर्नुले संसदलाई बन्धक बनाउन खोजेको पुष्टि भएको बताइन् ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनीले बुटवलमा बुधबार आयोजना गरेको साक्षात्कारमा  बोल्दै उनले प्रमुख प्रतिपक्ष दल जिम्मेवार बन्नुसाटो केन्द्रीय राजनीतिलाई उथलपुथल गराउँदै आएको दाबी गरिन् । पूर्वउपसभामुख भुसालले हिजो पनि
 एमालेले गणतन्त्र र संसदमाथि प्रहार गरेको र प्रणालीलाई बचाउनका लागि गठबन्धन गरिएको बताइन् । वर्षा, बाढीपहिरो, चरम महंगी लगायतले जनजीविकाको अवस्था दयनीय बन्दै गएकाबेला संसदबाट समाधानका उपाय निकाल्न र  सम्बोधन गर्नुपर्नेमा एमालेले संसद अवरुद्ध गर्नु उपयुक्त नभएको बताइन् । यसले लोकतान्त्रिक प्रणालीलाई कतै कमजोर बनाउन चाहेको त होईन भन्ने आशंका र प्रश्नहरु उठिरहेको भुसालले दाबी गरिन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend