• Saturday 25th July 2026

भूकम्प अपडेट : मृतककाे संख्या १३३ पुग्याे

भूकम्प अपडेट : मृतककाे संख्या १३३ पुग्याे


  • लुम्बिनी रिभ्यू

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १३३ पुगेको छ ।  नेपाली प्रहरीका अनुसार शनिबार बिहान १०ः३० बजेसम्मको जानकारी अनुसार १३३ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् ।

जसमा जाजरकोटमा भूकम्पबाट ९५ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् ।

यसैगरी,  रुकुम पश्चिममा ३८ जनाको निधन भएको छ भने ८५ जना घाइते भएका छन् । थप विवरण आउने क्रम जारी छ ।

राहत र उद्धारको कार्यलाई पनि तीव्र पारिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भूकम्प प्रभावित क्षेत्रमा पुगेर सबै संयन्त्रलाई परिचालन गर्नु भएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend