
काठमाडौ । सरकारले जाजरकोट क्षेत्रमा भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण कार्य एक वर्षभित्र सक्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोटलाई आधार मानेर भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माण कार्य अघि बढाउने निर्णय गरेको हो ।
बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुनर्निर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने निर्णय भएको जानकारी दिनुभयो ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ भने धेरै घरहरु भत्केका छन् ।
यसैगरी, उहाँले छिमेकीलगायत मित्र राष्ट्र र अन्तर्राष्ट्रिय संघसंस्थाबाट औपचारिकरुपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने बताउनुभयो । साथै सहयोगका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्ने निर्णय भएको छ ।

लुम्बिनी रिभ्यू