• Saturday 25th July 2026

जाजरकोटका जीर्ण घर बनाउन जुटे जिफन्टका स्वयंसेवक

जाजरकोटका जीर्ण घर बनाउन जुटे जिफन्टका स्वयंसेवक


  • लुम्बिनी रिभ्यू

जाजरकोट। जाजरकोटका भूकम्प पिडितका लागि नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) बाट खटिएका स्वंयसेवकहरुले घटननस्थलमा काम सुरु गरेका छन् ।
जाजरकोटको भेरीगंगा नगरपालिकाका प्रमुख सिपी घर्तीका अनुसार हिजो राती जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा आएका दक्ष स्वंसेवकहरुले आज बिहानैबाट जीर्ण घरहरु पनसाउने काम सुरु गरेका छन् । जिफन्टको केन्द्रबाट गएका ५०जना र स्थानीय २५ जना गरी ७५ जना स्वयंसेवकहरु अहिले परिचिलित छन् ।
प्रमुख घर्तीका अनुसार भेरी नगरपालिका ३ माथिल्लो थाप्लेमा रहेका दुईवटा पुराना घरका इटा,ढुंगा र काठ छुट्याउने काम अहिले भइरहेको छ । ती घर करिब २ सय वर्ष पुराना भएको अनुमान गरिएको छ ।

आज दिनभरीमा ती दुईघरका सामग्री पनसाएपछि उक्त क्षेत्रको सडक सफाइ गर्ने योजना रहेको छ । भूकम्पले भत्काएका घरका ढुंगा माटोका कारण उक्त क्षेत्रमा सडक अवरुद्ध भएको छ । भोली देखि सडकका ढुंगा माटो पन्साएर यातायात सञ्चालनमा सहजता बनाउने तयारी रहेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend