• Saturday 25th July 2026

अब शेरबहादुर दाइले नेतृत्व सुम्पनुपर्छ : चन्द्र भण्डारी 

अब शेरबहादुर दाइले नेतृत्व सुम्पनुपर्छ : चन्द्र भण्डारी 

स्थानीय तह सबैभन्दा धेरै जितेको छ, प्रदेश सरकारहरु बनाएका छौं अझपनि हामी किन कमजोर कांग्रेस भंग हुदा बलियो हन्छ ?


  • लुम्बिनी रिभ्यू

बुटवल,  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसलाई नया ढंगबाट अगाडि बढाउन अब नेपाली कांग्रेको नेतृत्व शेरबहादुर देउवाले छोड्नुपर्ने बताएका छन् । विधानतह २ पटक सभापति हुन नपाउने भएकाले पनि अब देउवा पछाडि हटेर काग्रेस अगाडि बढाउन उनले सुझाब दिए । शेरबहादुर दाइ अब अन्तिम हो । उहाले अब यो मूलुक बनाइदिनुपर्छ ।) उनले डा. शेखर कोइरालातर्फ इंगित गर्दै भने, ( भोलि पाटी सम्हाल्ने कोही छन् भने विचारका धनी महामन्त्रीहरुलाई साथ लिएर बढ्ने डाक्टर साब हो बेष्ट सर्जन पनि हो थेरापी पनि हो । अब उहा अगाडि लागेर देश बनाउनुपर्छ ।
शनिबार बुटवलमा आयोजित नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनमा बोल्दै नेता भण्डारीले पाटी सभापति देउवालाई पाटीभित्र गुट चलाउदा कमजोर बनेको भन्दै गुट नचलाउन सुझाब दिए । शेरबहादुर जी अब पाटी सभापति विधानत दिने होइन । अब राम्रो काम गरेर पाटी चलाउछु भन्ने कि मनलागी गर्ने । तपाईले राम्रो गरेर देखाउनुस् ) उनले भने ।
नेता मण्डारीले नेतृत्वमा बसेर गुट चलाउदा तीन तहमै सबैभन्दा बढी मत ल्याएर पनि कांग्रेस कमजोर भएको बताए ।  स्थानीय तह सबैभन्दा धेरै जितेको छ, प्रदेश सरकारहरु बनाएका छौं अझपनि हामी किन कमजोर कांग्रेस भंग हुदा बलियो हन्छ ? उनले प्रश्न गरे । नेता भण्डारीले साच्चै कांग्रेस कमजोर भएको हो भने हामीले गुट चलायौं भनेर स्वीकार्न र सच्चाउनुपर्ने बताए ।  उनले भने , यतिधेरै जितेर कि हामीले सही टिकट बाडेनौ ठिक मान्छे गएनन् , गुट हेर्यौ भनेर स्वीकारौं । हामीले गुट हेर्यौ उपगुट हेर्यौ यो भन्न पाइन्छ । यसलाई सच्चाउन सकिन्छ तर पाटी कमजोर भयो भन्ने पाइन्न ।
नेता भण्डारीले पाटीमा गुट बनाउदा पाटी र कांग्रेसले नेतृत्व गरेका सरकारहरु कमजोर बनेको दाबी गरे । भने,(गुटले न पाटी चलाउन सक्यो न सरकार चलाउन सक्यो, न सीमा बचाउन सक्यो न जनता जोगाउन सक्यो । अब यो गुट गलत थियो । यसलाई बन्द गर्नुपर्छ । कम्प्युटरले त अपडेट माग्छ तपाइहरु अपडेट हुनुपर्दैन् । अपडेट होऔं ।
नेता भण्डारीले नेतृत्वमा गएका व्यक्तिले राम्रो काम गरेर देखाउन नसक्दा निराशा र असन्तुष्टी बढेको बताए । उनले काम नगर्ने तर नेतृत्वमा जानेले कुरा मात्र गरेर असन्तुष्टी खोख्दै हिड्दा समस्या बडेको बताए । उनले भने , राजा भन्दा राम्रो गर्छु भनेर सरकारमा गएकाले राम्रो काम गरेर देखाउन पर्दैन ।उनले प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई इंगीत गर्दै भने , प्रदेश सरकारको नेतृत्व गर्नेले काम गरेर देखाउने हो कि असन्तुष्टी पोख्दै हिड्ने । यसै गर्दा त हो यो पर्देश फाल्नुपर्छ भन्ने ।
नेता भण्डारीले संघीयतासंगै ३६ हजार जनप्रतिधि बनाउदा राजश्वले धान्न नसकेको बताउदै त्यसलाई घटाएर १८ हजार बनाउन सकिने बताए । नेता भण्डारीले मूलुकमा देखिएको समस्या समाधानको ढोका कांग्रेसले खोलीदिनु पर्ने बताए । जबजब देशलाई संकट पर्छ कांग्रेसले नेतृत्व गरेको भन्दै अब पनि गर्नुपर्ने बताए ।
नेता भण्डारीले अहिले धर्मका बारेमा , राजाको बारेमा, संघीयताका बारेमा र गणतन्त्रका बारे प्रश्न उठेको बताउदै त्यसको जवाफ राजा भन्दा राम्रो गर्छौ भनेर सरकारमा गएका नेताहरुले काम गरेर देखाउनुपर्ने बर्ता । प्रदेश सरकार राम्रो छैन भन्दा प्रदेशमा नेतृत्व गर्नेले काम गरेर जवाफ दिनुपर्छ भाषण गरेर जवाफ दिने होइन .बल्ल पो जनताले चित्त बुझाउछ हाम्रा कुरा स्वीकार्छ ।
नेता भण्डारीले जनताले अहिले विकास र सुशाशन खोजेको बताउदै त्यसमा केन्द्रीत हुन र भेक्सीन लगाउन आग्रह गरे  –लुम्बिनीका जनताले खोजेको भेक्सीन मुग्लीड.बाट आउन सडक राम्रो बन्छ भन्ने हो, एयरपोट बनेर राम्रोसित चल्छ भन्ने हो । दुबै भएन । अब जरो नाप्न जानने होइन भेक्सीन लाउने हो कि अप्रेसन गर्ने होकि , उनले प्रश्न गरे ,के यो प्रजातन्त्र चुनाब मात्र हो । डेलीभरी होइन । कहिले जनताले निशुल्क औषधी पाउने, कहिले निशुल्क शिक्षा पाउने यो पो सोचेको हो । तिमीनै प्रदेशमा मुख्यमन्त्री छौं तिमी नै असन्तुष्ट छौं । तिमी नै गर्न सक्दैौ भने यो खारेज नगरेर के गर्ने , उनले दोहोराए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend