• Saturday 25th July 2026

लाेक सेवा आयोगले माग्यो २७३ कर्मचारी

लाेक सेवा आयोगले माग्यो २७३ कर्मचारी


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको पदका लागि कर्मचारी माग गरेको छ ।

आज एक सूचना प्रकाशित गर्दै आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतिबाट पदपूर्ति गर्न आयोगले २७३ कर्मचारी माग गरेको हो ।

आयोगले राजपत्रांकित तृतीय श्रेणीको न्याय सेवातर्फ ६८ जना, परराष्ट्र, प्रशासन र लेखा परीक्षणतर्फ २०३ जना र मानवअधिकार सेवातर्फ २ जना कर्मचारी मागेको हो ।

दुई चरणमा हुने परीक्षामा लिखित, सीप परीक्षण, सामूहिक परीक्षण र अन्तर्वार्ता हुनेछ।

इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले पुस १७ गतेसम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ। उम्मेदवारहरूले आयोगको वेभसाइटबाट दरखास्त दिन सक्नेछन्।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend