• Saturday 25th July 2026

चीनकाे गोन्जाउ र नेपालकाे भैरहवामा हवाई उडान सञ्चालन गर्न आग्रह

चीनकाे गोन्जाउ र नेपालकाे भैरहवामा हवाई उडान सञ्चालन गर्न आग्रह


  • लुम्बिनी रिभ्यू

लुम्बिनी । लुम्बिनी विकास कोषको उपाध्यक्ष डा. ल्हारक्याल लामाले चिनियाँ उपमन्त्री वाङ रुइजुनसहितको टोलीसँग भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ पर्यटक भित्राउन गोन्जाउ विमानस्थलबाट दैनिक एउटा हवाई उडान सञ्चालनका लागि आग्रह गरेका छन् ।
उपमन्त्री रुइजुनसहितको प्रतिनिधि मण्डलसँगकाे भेटमा लामाले यस्तो आग्रह गरेका हुन् । टाेलीमा सदस्यहरू ग्वाङ्दोङ, प्रान्तीय समितिको स्थायी समितिका सदस्य र ग्वाङ्दोङ प्रवासी मित्रता संघका अध्यक्ष चिनियाँ कम्युनिष्ट पार्टी ग्वाङ्दोङ प्रान्तका स्थायी सदस्य वाङ रुइजुन, ग्वाङ्दोङ प्रवासी मित्रता संघका अध्यक्ष झाङ के, गुआङ्दोङ प्रान्तको जातीय तथा धार्मिक मामिला आयोगका निर्देशक, गुआङ्दोङ धार्मिक तथा सांस्कृतिक आदानप्रदान संघका अध्यक्ष झाङ वेई रहेका छन् । टोलीसँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई संचालन लगायतको विषयमा उपाध्यक्ष डा. लामाले छलफल गरेका छन् ।
भेटमा लुम्बिनीको विकास र गुरुयोजना, बौद्ध धर्म र समग्र नेपालको धार्मिक सांस्कृतिक एवं सामाजिक विषयमा छलफल गरेका थिए। उपाध्यक्ष डा. लामाले नेपाल एउटा सार्वभौम सम्पन्न देश भएको भन्दै दुई देशबीच धार्मिक सांस्कृतिक एव सामाजिक साझेदारीसहितको मित्रवत सम्बन्ध राख्न चाहेको बताएका हुन् ।
लुम्बिनी विश्वको एउटा मात्र बुद्धको पवित्र जन्मस्थल भएको भन्दै यो बौद्धमार्गीहरुको साझा सम्पत्ति भएको कारण लुम्बिनीको समग्र विकासको निम्ति सहयोगको आग्रह उनलेे गरेका छन् ।
भेटमा लुम्बिनी विकास कोषको तर्फबाट कोषाका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कोषका कार्यकारी सदस्य श्याम रोक्का, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईलगायतकाे टाेली सहभागी रहेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend