• Saturday 25th July 2026

टिपरको ठक्करबाट दाङमा मोटसाइकलमा सवार २ जनाको मृत्यु

टिपरको ठक्करबाट दाङमा मोटसाइकलमा सवार २ जनाको मृत्यु


  • लुम्बिनी रिभ्यू

बुटवल । टिपरले ठक्कर दिंदा दाङमा प्यूठानका दुई जना युवाको मृत्यु भएको छ ।

राती घोराही उपमहानगरपालिका-१० स्थित झारबैरा चोकमा दुर्घटना हुँदा झिमरुक गाउँपालिका ४ बांगेमरोठ कोटका १७ वर्षीय विशाल जिसी र उनका भान्जा नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जनाएको छ।

तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले बिपरित दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते युवाहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend