• Saturday 25th July 2026

बुटवलमा लुम्बिनी एक्स्पाे अन्तर्राष्ट्रिय व्यापार मेला शुरू

बुटवलमा लुम्बिनी एक्स्पाे अन्तर्राष्ट्रिय व्यापार मेला शुरू

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ मूल नारा


  • लुम्बिनी रिभ्यू

बुुुटवल। आजदेखि बुटवलमा  लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला शुरू भएको छ ।

रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका पुसको १८ गतेसम्म लुम्बिनी एक्स्पो २०८० संचालन हुनेछ ।

एक्स्पोको बिहीबार आज दिउँसो पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पोमा १०विदेशीसहित ६ सय स्टल रहेका छन् । जसमा होटल तथा रेष्टुरेन्टका – २३, उनी, गार्मेन्ट तथा तयारी पोशाकका – १४१, अन्तर्राष्ट्रिय – १०, कृषि – ४३, ब्याग/जुत्ताचप्पल – ६८, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी – ७८, श्रृंगार, उपहार तथा खेलौना – ५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान – ५३, बैंक/वित्तीय संस्था तथा शैक्षिक संस्था – १८, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस – ६, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स – १६, आइसक्रिम तथा वेकरीज – १८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस – ८, औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल रहेकाे रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको घिमिरेले बताए । मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवद्र्धनात्मक प्रचारप्रसार गरिने आयोजकले बताएका छन् ।

कोरोनापछि बुटवलको व्यापार व्यवसायमा केही शिथिलता छाएका बेला यो मेलाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्वपूर्ण भुमिका खेल्ने आयोजकको दाबी छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend