• Saturday 25th July 2026

नवलपुरमा सासू–बुहारी मृत फेला

नवलपुरमा सासू–बुहारी मृत फेला


  • लुम्बिनी रिभ्यू

काठमाडौँ–नवलपरासी पूर्व (नवलपुर) मा दुई जनाको शव फेला परेको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ मा सासू–बुहारी मृत फेला परेका हुन् ।

खहरे जंगलमा ओम शान्ति टोलका ६० वर्षीया मनादेवी पौडेल र उहाँकी बुहारी २८ वर्षीया विष्णु पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ ।

हिजो दिउँसो घाँस काट्न जंगलमा गएका उहाँहरू अबेरसम्म नफर्किएपछि प्रहरीले खोजी गरेको थियो । खोजी गर्दा शव फेला परेको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend