• Saturday 25th July 2026

कारको ठक्करबाट दुई पैदलयात्रीकाे मृत्यु

कारको ठक्करबाट दुई पैदलयात्रीकाे मृत्यु

अस्पतालमा उपचारका क्रममा मृत्यु


  • लुम्बिनी रिभ्यू

पोखरा। पोखरामा मङ्गलबार कारले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

बाग्लुङ बसपार्कबाट जिरोकिलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा बाग्लुङको ढोरपाटन नगरपालिका–६ घर भएका नदीपुर निवासी २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नामथर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो।

ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने कारका चालक फरार छन् भने कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस अगाडि पोखराको लेखनाथमा भएको कारको ठक्करले स्कुटरसवार दुई युवतीको मृत्यु भएको थियो।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend