• Saturday 25th July 2026

लुम्बिनीमा सांस्कृतिक महोत्सव तथा फूड फेष्टिबलकाे तयारी

लुम्बिनीमा सांस्कृतिक महोत्सव तथा फूड फेष्टिबलकाे तयारी


  • लुम्बिनी रिभ्यू

बुटवल । बुद्व जन्मस्थल लुम्बिनीमा अँग्रेजी नयाँ वर्षको अवसरमा सांस्कृतिक महोत्सव तथा दशौं फूड फेष्टिबल हुने भएको छ । लुम्बिनी होटल संघको आयोजनामा ३१ डिसेम्बर (पुस १५) को दिन लुम्बिनीमा सडक खाना महोत्सव हुने भएको हो ।
स्थानीय खानपिनका परिकारहरुका साथै लुम्बिनीमा रहेका अन्तरष्ट्रिय बिहारहरुको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, क्याम्बोडिया, म्यानमार, श्रीलंका आदि देशका परिकारहरु महोत्सवमा उपलब्ध गराइने आयोजकले जनाएको छ ।  यस वर्षदेखि महोत्सवलाई प्रदेशस्तरीय मान्यतासहित मनाउन लागिएको संघकम अध्यक्ष गोविन्द ज्ञवालीले वानकारी दिए ।
महोत्सवमा स्थानीय थारु समुदाय, मुस्लिम समुदाय, पश्चिमी तराईका ब्राह्मण समुदाय, नेवारी समुदाय, गुरुङ्ग, मगर समुदाय, आदिका खानपिनका साथै पाल्पाको किनिया रोटी बटुक, हाँसको छोइला, यस क्षेत्रकै पहिचान बनेको चुकौनी, यस क्षेत्रकै नामि मिठाइ इम्रिति (अमृति) लगायतका परिकार उपलब्ध रहने उनले बताए । महोत्सवमा नौमति, पञ्चेबाजा बिरहा थारु झुमराका साथै आधुनिक पप डिजे गीत संगीतको माध्यमबाट मनोरञ्जन उपलब्ध गराइने संघका वरिष्ठ उपाध्यक्ष लिलामणी शरमाले जानकारी दिए । लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष तथा लुम्बिनी पर्यटन विकास परिषद समत आयोजकका रुपमा रहेको उनले बताए ।
महोत्सव लक्षित गरी लुम्बिनी होटल संघले पुस १६ गतेका निम्ति होटल कोठामा १५ सम्म छुट उपलब्ध गराउने संघका महासचिव पुरुषोत्तम अर्यालले जानकारी दिए । महोत्सवमा भारतबाट २० हजार बढी पर्यटक आउने आयोजकले दाबी गरेको छ । महोत्सव लक्षित यहाँको सुरक्षा व्यवस्थापनका लागि पनि समन्वय भैरहेको आयोजकले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend