• Saturday 25th July 2026

सिद्धार्थले दियो महिला सदस्यलाई नेतृत्व विकास तथा उद्घोषण तालिम

सिद्धार्थले दियो महिला सदस्यलाई नेतृत्व विकास तथा उद्घोषण तालिम


  • लुम्बिनी रिभ्यू

बुटवल, सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवलले महिला शेयर सदस्यहरुका लागि नेतृत्व विकास तथा उद्घोषण तालिम दिएको छ ।
महिला सदस्यको नेतृत्व गर्ने क्षमता बढाउन र कार्यक्रम संचालन गर्ने सीप बढाउन तालिम आयोजना गरिएको हो । नेतृत्व क्षमता बढाएर आफू सहभागी संघसस्था र सहकारीको नेतृत्वमा समेत पुर्याउने तालिमको लक्ष्य थियो । पुस ९ देखि ११ सम्म चलेको ३ दिने तालिममा २० जना सहभागी रहेका थिए ।
तालिममा सहकारीको शिक्षा तथा सामाजिक उत्तरदायित्व उपसमिति सदस्य अमृता अनमोले प्रशिक्षण दिनुभएको थियो । तालिममा प्रयोगात्मक रुपमा प्रभावकारी रुपमा बोल्ने तरिका, औपचारिक कार्यक्रम संचालन गर्ने विधि, नेतृत्व गर्ने सीप, सम्बोधन नथा समापनका विधि सिकाइएको थियो ।


तालिम समापन कार्यक्रम सहकारीका अध्यक्ष बाबुलाल नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो । तालिम समापन कार्यक्रम प्रशिक्षार्थी मनिषा कुंवरले संचालन गर्नुभएको थियो भने तालिममा सिकेका उपलब्धी र आगामी अपेक्षा पनि सहभागीले राखेका थिए । सहकारी संचालक समिति सदस्य तथा प्रशिक्षार्थी विन्दु खनाल गौतमले सिकाइ कहिल्यै पूरा नहुने भनदै यस्ता रचनात्मक काम निरन्तर गर्न आग्रह गर्नुभयो ।
तालिम समापन कार्यक्रमा बोल्दै प्रमुख अतिथि तथा सहकारीका पूर्व अध्यक्ष राम प्रसाद पौडेले सहकारीलाई वचत र ऋणका लागि नभइ यस्ता फरक क्षमता पनि उपयोग गर्न आग्रह गर्नुभयो । तालिमका विशिष्ठ अतिथि शिक्षा तथा सामाजिक उत्तरदायित्व उपसमिति संयोजक शिवबहादुर अधिकारीले तालिमपछि सदस्यहरुलाई नेतृत्व तहमा पुग्न र सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । सहकारीले सबै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत दिएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend