• Saturday 25th July 2026

इन्द्रेणी कपिलवस्तुद्धारा सामाजिक परीक्षणको प्रारम्भिक नतिजा सार्वजनिक

इन्द्रेणी कपिलवस्तुद्धारा सामाजिक परीक्षणको प्रारम्भिक नतिजा सार्वजनिक


  • लुम्बिनी रिभ्यू

कपिलवस्तु, सस्थाको क्रियाकलापबारे पारदर्शिता र नागरिक उत्तरदायित्व बहन गर्न ईन्द्रेणी ग्रामीण विकास केन्द्र कपिलवस्तुले सार्वजनिक लेखा परिक्षण गरेको छ ।
शुक्रबार गोरुसिंगेमा जिल्लाका सरोकारवाला राखेर गत आर्थिक वर्ष २०७९, ०८० को सामाजिक परीक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । जसमा सरोकारवालाबाट थप सुझाब समेत संकलन गरेको छ । ती सुझाबहरु समेटेर सामाजिक परिक्षणको अन्तिम प्रतिवेदन तयार गर्ने छ ।
कार्यक्रममा बोल्दै प्रमुखअतिथि तथा जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले संस्थाले विपन्न समुदाय, महिला तथा ग्रामिण भेगका समुदायमा कृषि र उद्धमलाई जोडेर रोजगारीको अवसर दिलाएको बताउनु भयो । आगामी दिनमा उपलब्धीलाई संस्थागत गर्दै आवश्यकता अनुसारका काम गर्न उहाको सुझाब थियो ।बुद्धभुमि नगरपालिका प्रमुख केशव कुमार श्रेष्ठले संस्थाको सहयोगमा तालतलैया संरक्षण र पर्यटनको विस्तार भएको बताउनु भयो । उहाले किसानलाई घुम्ती कोषको रकम फर्काउने दिन लम्बाउन पनि आग्रह गर्नुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव जानु पाण्डे, बुद्धभूमि उद्योग वाणिज्य संघका अध्यक्ष शुभलाल भुसालले संस्थाले गरेका कामको चर्चा गर्दै रचनात्मक क्रियाकलाप गरीरहन सुझाब दिनुभयो । लक्षीत समूदायका व्यक्तिहरुले कार्यक्रमलाई निरन्तरता दिन सुझाब दिनुभयो । सचिव पार्वता पौडेलको स्वागत र संचालन सुनिता खड्का टण्डनले गर्नु भएको कार्यक्रम सस्थाका अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सामाजिक परीक्षणमा पत्रकार अमृता अनमोलले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार सस्थाले प्रभावकारी पोखरी व्यपस्थापन मार्फत सिमान्तकृत समुदायको जिविकोपार्जन सुधार परियोजना मार्फत विजयनगर र बुद्धभुमिका ६ ओटा पोखरी व्यवस्थापन गरि आय आर्जनमा जोडेको छ ।
यसै गरी सिमान्तकृत समुदायको आर्थिक तथा सामाजिक शसक्तिकरण परियोजना मार्फत गृहणी तथा विपन्न महिलाको ४२ समुहमा लघु उद्धमको विकास गरिएको थियो । संस्था र पालिकाको सहयोगमा ३६६ जनाले बाख्रा पालन, ११७ जनाले भैंसी पालन, ३२ जनाले बुङ्गुर पालन, २३ जनाले किराना पसल, १० जनाले सिलाई कटाई व्यवसाय संचालन गरेको छ। यस्तै,संस्थाले फेयर ट्रेडसंग सहकार्यमा चुरापोते बनाउने, दुना टपरी बनाउने, ढकिया बनाउने तालिम दिएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend