• Saturday 25th July 2026

रावत र शाहका परिवारको पीडा सुन्दा मन बेचैन :ओली

रावत र शाहका परिवारको पीडा सुन्दा मन बेचैन :ओली


  • लुम्बिनी रिभ्यू

काठमाडौं – नेकपा एमाले अध्यक्ष  केपी शर्मा ओलीले बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको परिवारलाई सरकारले रोजगारी र राहत दिनुपर्ने बताउनुभएको छ ।

मृतक रावत र शाहको परिवारलाई सरकारले तत्काल रोजगारी र राहत दिनुपर्ने अध्यक्ष ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
रावत र शाहका परिवारको पीडा सुन्दा मन बेचैन भइरहेको उहाँले उल्लेख गर्नुभएको छ ।

छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने काम नगर्न समेत अध्यक्ष ओलीले सरकारलाई चेतावनी दिनुभएको छ ।उहाँले लेख्नुभएको छ -बालकुमारी घटनामा ज्यान गुमाएका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको परिवारजनका पीडाका खबर पढेर मन बेचैन भइरहेको छ, छोरा सुजनको अनायास हत्यापछि उनकी विधवा आमाको अवस्थाले मन पोल्छ, कोरिया जाने तयारीमा रहेका सन्तानको हत्याबाट आहत परिवारका अन्य सदस्यलाई सरकारले रोजगारी र राहत दिनुपर्छ, छानबिन समिति बनाउने र छानबिनको प्रतिवेदन घर्रामा थन्क्याउने गल्ती नहोस् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend