• Saturday 25th July 2026

साहसी कदमले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसंगै महिला हिंसा विरुद्ध अभियान चलाउने

साहसी कदमले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसंगै महिला हिंसा विरुद्ध अभियान चलाउने


  • लुम्बिनी रिभ्यू

बुटवल, साहसी कदम नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ शंकरनगरमा आफ्नो कार्यालय शुभारम्भ गरेको छ । साहसी कदम समाजमा पछाडि परेका यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायको पक्षमा वकालत तथा पैरवी गर्दै आएको सामाजिक संस्था हो । सस्थाले महिलाभित्र विविधता भएका महिलाका क्षेत्रमा काम गर्ने र हिंसा पीडतलाई सघाउने लक्ष्यसहित कार्यालय व्यवस्थापन गरेको हो ।
कार्यालयको सोमबार एक कार्यक्रमका बीच खेम ओमी प्रतिष्ठानका संरक्षक ओमी पुनले उद्घाटन गरिन् ।
कार्यक्रममा बोल्दै उनले यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायको सवालमा सक्दो साथ र सहयोग गर्ने बताइन् । पुनले साहसी कदम नेपालको लागि १ लाख ११ हजार रुपैयाँ राशीको अक्षयकोष समेत स्थापना गर्ने घोषणा गरिन् ।
कार्यक्रममा बोल्दै साहसी कदम नेपाल रुपन्देहीका अध्यक्ष आनिक रानामगरले यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायको साथ र सहयोगबाट मात्र समुदायको उत्थान हुने बताइन् ।
सस्था २०७६ सालमा स्थापना भएको हो । कार्यालय उद्घाटनपछि संस्थाका उपाध्यक्ष सरोजी न्यौपाने, सचिव सायरा गुरुङ्ग, सह–सचिव अवन्तीका घर्ती सहित प्राविधिक सल्लाहकार रेशम न्यौपाने, परियोजना संयोजक हसना क्षेत्री, वकालत अधिकारी रोज मगर लगायतयले आफूहरु अब सशक्त भएर यौनिक तथा लैंगीक अल्पसंख्यक समुदायको सवालमा काम गर्ने बताएका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend