• Saturday 25th July 2026

स्कुटर दुर्घटना हुँदा २२ वर्षका एक युवाको मृत्यु

स्कुटर दुर्घटना हुँदा २२ वर्षका एक युवाको मृत्यु


  • लुम्बिनी रिभ्यू

बुटवल । रुपन्देहीको देवदहमा स्कुटर दुर्घटना हुँदा २२ वर्षका एक युवाको मृत्यु भएको छ ।
आइतबार विहान देवदहबाट बुटवलतर्फ आउँदै गरेको ६७ प ७००४ नम्बरको स्कुटर देवदह नगरपालिका ९ मा अन्यन्त्रित सडकबाट खसेको थियो । सो दुर्घटनामा परी देवदह नगरपालिका ८ का २२ वर्षीय निराजन श्रीसको मृत्यु भएको अस्थायी प्रहरी चौकी भलुहीका असई सूर्यबहादुर बयाम्बुले बताए । दुर्घटनामा परी गम्भीर घाइते भएका श्रीसको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको असई बयाम्बुले जानकारी दिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend