• Saturday 25th July 2026

प्राङ्गारिक खेतीको विकासका लागि बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेलाकाे तयारी

प्राङ्गारिक खेतीको विकासका लागि बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेलाकाे तयारी


  • लुम्बिनी रिभ्यू

बुटवल । बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघकाे आयाेजनामा फागुनको १० देखि १४ गतेसम्म बुटवल मण्डपमा १२औँ संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०८० हुन लागेको हो ।

प्राङ्गारिक खेतीको विकास तथा कृषिमा व्यवसायीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले विशिष्टिकृत ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला गर्न लागिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराउनु भयो ।

२०६२ सालमा पहिलोपटक कृषि मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य सङ्घले त्यसयता नियमित रुपमा विशिष्टिकृत कृषि मेला सञ्चालन गर्दै आएको छ ।

अध्यक्ष अर्यालले कृषि प्रविधिको प्रयोग, प्राङ्गारिक कृषिमा व्यवसायिक विकास, कृषिमा लगानी आकर्षण गरी युवा सहभागिता तथा प्राङ्गारिक उत्पादनमा उपभोक्ताको आकर्षण बढाउनको लागि पनि यो पटक राष्ट्रिय स्तरको प्राङ्गारिक कृषि मेला गर्न लागिएको बताउनु भयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend