• Saturday 25th July 2026

भालुवाङ बस दुर्घटना : मृतक संङ्ख्या १२ पुग्याे

भालुवाङ बस दुर्घटना : मृतक संङ्ख्या १२ पुग्याे


  • लुम्बिनी रिभ्यू

घोराही। दाङको भालुवाङमा भएको बस दुर्घटनााा मृत्यु हुनेको सङ्ख्या १२ जना पुगेकाे छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका–१ भालुवाङस्थीत राप्ती नदीको पुलबाट बस तल खसेको थियो ।

भे १ ख ३९१२ नम्बरको बस पुलको बार तोडेर तल खस्दा बसमा सवार १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ । उहाँका अनुसार बस अनियन्त्रित भएर पुलको बार तोडेर नदीमा खसेको थियो । उहाँले भन्नुभयो,‘रातीको समयमा बस अनियन्त्रित भएर पुलबाट नदीमा खसेको देखिन्छ, अहिले चालकलाई नियन्त्रणमा राखेर घटना बारेमा थप बुझ्ने काम भइरहेको छ ।

शुक्रबार राती करिब साढे दश बजेतिर भालुवाङ स्थित राप्ती नदीको पुलबाट बस तल खसेको थियो । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि बाँके र रुपन्देही पठाइएको बताउनुभएको छ । मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौँ चन्द्रागिरि बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका वर्षका ४० मुनबहादुर रावत, बाँकेका वर्ष ३० का रामबरण हरिजन, रुकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जोगेन्द्र रामको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभएको छ ।

घाइते हुनेहरूमा जुम्ला जिल्ला हिमा गाउँपालिका ४ बस्ने वर्ष २० का बालकृष्ण शाही, बाँके कोहलपुर निवासी वर्ष २१ का धनबहादुर पुन मगर, काठमाडौँ चाबहिल बस्ने वर्ष ४४ का सुवास सार्की, रौतहट बस्ने वर्ष २६ का सञ्जय कार्की, जुम्ला जिल्ला निवासी वर्ष १९ का विशाल बोहोरा रहनुभएको छ ।

त्यसै गरी काठमाडौँ बस्ने वर्ष ११ की आज्ञा पाण्डे, .काठमाडौँ बस्ने वर्ष ३८ की मञ्जु शर्मा, काठमान्डु लल्लुचौतारा बस्ने वर्ष २३ का सज्नु बढुवाल, काठमाडौँकै ४५ बर्सिया राधा पाण्डे,

बसका सहचालक बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका.२ बस्ने वर्ष ३१ का कुलबहादुर गोसाईं, बाँके नेपालगन्ज उपमहानगरपालिका ३५ की लीला वली, सह–चालक बाँके बैजापुर गाउँपालिका ३ बस्ने वर्ष २१ का शङ्कर थारु, भारत बहराईज मटेरा बस्ने वर्ष २८ का राहुलकुमार यादव, भारत बहराईज मटेरा बस्ने वर्ष २० की छोटी सिलौटा,.कालिकोट माहाबै गाउँपालिका ५ बस्ने वर्ष ४५ का तिलकप्रसाद उपाध्याय, बाँके नेपालगन्ज उपमहानगरपालिका १२ बस्ने वर्ष २४ को आशुतोष गौतम,.बाँके डुरूवा गाउँपालिका .१ बस्ने वर्ष २५ को मोहम्मद जावेद,बर्दिया बस्ने वर्ष २२ का साजिव थारु, बाँके बस्ने वर्ष १८ का दशरथ बिक, .बाँके जिल्ला निवासी वर्ष १९ का नफिख खान, डोल्पा जिल्ला निवासी वर्ष ३५ का धनकली बुढा, .बाँके जिल्ला निवासी कोरीरन्जन कोरी, बाँके जिल्लाकै वर्ष २० का अर्वाज नाउ घाइते हुनुभएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend