लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सिके गुप्ताले देशको राजनीति सही बाटोमा हिडाउन संचारकर्मीहरुको ठूलो हात हुने बताएका छन् । संचारकर्मीले दलगत स्वार्थमा नलागी सही कामलाई सही र गलतलाई गलत औलाइदिदा पनि धेरै गल्तीहरु सच्चाउन सकिने उनले बताए ।
संचारिका समूह लुम्बिनीको समन्वयमा प्रदेश युवा परिषद लुम्बिनीले बुटवलमा आयोजना गरेको डिजिटल प्रविधि तथा अनलाइन व्यवस्थापन तालिम समापन कार्यक्रममा प्रमुख अतिथिको सन्देश पठाउदै उनले राजनीतक विकृतिबाट दिक्क भएर युवाहरुले केही परिवर्तन गर्न सक्छन् भन्ने सोचले आफू राजनीतीमा होमिएको बताए । उनले राजनीतीमा लागेर कमाउने, लुट्ने र नागरिकलाई दुःख दिने सोच हटाउन आफू लागि परेको बताए ।
डिजिटल प्रविधि तथा अनलाइन व्यवस्थापन तालिमबारे बोल्दै उनले युवा त्यसमा पनि पत्रकार युवालाई व्यवसायिक बनाउन तालिम संचालन गरेको बताए । संचारकर्मीलाई डिजिटल प्रविधि तथा अनलाइन व्यवस्थापन सम्बन्धी ज्ञान बढाउन अन्य जिल्लामा पनि यस्ता कार्यक्रम गरिने उनले जनाए । लुम्बिनी प्रदेश सरकारको बैठकका कारण उनी समापन समारोहमा भौतिक रुपमा सहभागी हुन सकेका थिएनन् ।

लुम्बिनी रिभ्यू