बुटवल – प्रदेश युवा परिषद लुम्बिनीका उपाध्यक्ष गोविन्द केसीले युवाहरु प्रविधि र टेक्नोलोजी मैत्री हुनुपर्ने बताएका छन् । अबको करियर प्रविधि र टेक्नोलोजीबाट मात्र सम्भव भएकाले युवाहरु त्यसमा पारंगत हुनुपर्ने उनले बताए ।
संचारिका समूह लुम्बिनीको समन्वयमा प्रदेश युवा परिषद लुम्बिनीले बुटवलमा आयोजना गरेको डिजिटल प्रविधि तथा अनलाइन व्यवस्थापन तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष केसीले यस्तो बताए । नया“ नया“ प्रविधि र टेक्नोलोजी पछ्याउने युवाले स्वदेशमै बसेर पनि विदेशमा भन्दा बढी नाम र दाम कमाएको बताउदै अवसर छैन भनेर विदेश जाने युवालाई रोक्न पनि युवामाझ यस्ता तालिम लैजानुपर्ने उनले बताए । उपाध्यक्ष केसीले पत्रकारितामा पछिल्लो समय डिजिटल प्रविधि बढ्दै गएको बताउदै व्यवसायिक पत्रकारितालाई सघाउन यस्तो तालिम आयोजना गरेको समेत बताए ।
कार्यक्रममा बोल्दै प्रशिक्षक अमृत गोतामेले समाचारमा कला भने पत्रकारले ग्राफिक डिजाइनबारे सामान्य ज्ञान राख्दा पनि त्यसले व्यवसायिक सफलता हात पार्ने बताए । समाचारमा राख्ने फोटा, सुचना तथा विज्ञापनका सामाग्री आफैले सम्पादन गर्न सक्ने बनाउन आफूले प्रयास गरेको उनले जनाए ।

संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले अनलाइन पत्रकारितास“गै एक व्यक्तिले सबै काम गर्ने सस्कार अगाडि बढेकाले डिजिटल प्रविधि र अनलाइन व्यवस्थापन तालिम आयोजना गरेको बताइन् । अनलाइन पत्रकारितामा करियर बनाइरहेका संचारकर्मीका ५६ आवेदनमध्ये २५ जनालाई छनोट गरेर तालिम संचालन गरेको उनले बताइन् ।
समापन कार्यक्रममा तालिमबारेको अनुभव सुनाउदै संचारकर्मी विष्णु पोखरेल, रविन्द्र गुप्ता र अस्मिना पाण्डेले डिजिटल प्रविधि र अनलाइन व्यवस्थापन तालिम अत्यन्तै उपयोगी भएको बताए । उनीहरुले थप एडभान्स तालिम आवश्यक रहेको बताउदै संचालन गर्न माग गरे ।
तालिममा ग्राफिक डिजाइन अमृत गोतामे, वेभपेज डेभलपर कृष्ण न्यौपाने, पत्रकार दीपक ज्ञवाली लगायतले सहजीकरण गरेका थिए ।

लुम्बिनी रिभ्यू