बुटवल, रुपन्देहीको सियारी गाँउपालिकाले अपांगता भएका ११ व्यक्तिलाई सहायता सामाग्री बितरण गरेको छ ।
शारिरिक अवस्था कमजोर भएका अपांगता भएका व्यक्तिहरु पनि सहजरुपमा हिडडुल गर्न पाउन भन्ने उद्धेश्यले सहायता सामाग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो । स्थानीय तहमा निवेदन दिएका १४ जनामध्ये ११ जनालाई ट्राई साईकल, ह्वील चियर र बैशाखी बितरण गरेको हो । वितरण गरिएका सामाग्रीमा ९ वटा ट्राई साईकल र १÷१ वटा ह्वील चेयर र बैशाखी छन् ।
स्थानीय तहले गतवर्ष पनि अपांगता भएका ७ व्यक्तिलाई सहायता सामाग्री प्रदान गरेको थियो ।

लुम्बिनी रिभ्यू