बुटवल, नवलपरासी पश्चिममा मानव बेचबिखन तथा ओसार पसार अभियोगमा ३ जना पक्राउ परेका छन् ।बेचिन लागेका २ किशोरीको भने उद्धार भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले पाल्हीनन्दन गाउँपालिका ५ चमनटोला स्थित नेपाल भारत दशगजा नजिकबाट सोमबारउनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामग्राम नगरपालिका २ हाटबजार टोल बस्ने अन्दाजी वर्ष २१ का कलिम मिया र दुइ भारतीय २६ वर्षे अरुण मल र २८ वर्षे शैलेश बर्मा हुन् । मियाले दुर्इ किशोरीहरुलाई ललाई फकाई प्रलोभन देखाई सिमाक्षेत्रसम्म मोटरसाइकलमा लगेर ती भारतीय नागरिका ती भारतीयको जिम्मा लगाएर भारतको गोरखपुरतर्फ लैजादै गरेका थिए । प्रहरीले किशोरीको उद्धार गरेको छ ।
मियाले किशोरी बोल्न प्रयोग गरेको लु १८ प ५२६९ नं. को मोटरसाईकल युपी ५३ डिबी ४८३२ समेत प्रहरीले बरामद गरेको प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बोहराले जानकारी दिए। उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले जनाए । बेचिन लागेका २ किशोरीको भने उद्धार भएको छ ।

लुम्बिनी रिभ्यू