• Saturday 25th July 2026

मधेस सरकारबाट बाहिरियो जनमत पार्टी

मधेस सरकारबाट बाहिरियो जनमत पार्टी

मधेश सरकारमा विवाद चुलियो


  • लुम्बिनी रिभ्यू

जनकपुरधाम , मधेश सरकारमा विवाद पुन चुलिएको छ । विवाद चुलिदा मधेस प्रदेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ। सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको हो।

शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालय गरी दुई जना मन्त्री सहभागी थिए।

सरकारलाई दिएको समर्थन फिर्ता लिदै मधेस सरकारबाट जनमत पार्टी अलग भएको छ। ‘मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिने निर्णय गरेका छौं,’ सांसद चन्दन सिंहले भने।

पार्टीका संसदीय दलका नेता तथा मन्त्री महेश प्रसाद यादवले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको बताए। ‘मसहित मधेस सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भएको छ। केही बेरमा राजीनामा बुझाउदेछौं,’ उनले भने, ‘नेपालको संविधानको धारा १६८ अनुसार जनमत पार्टीको समर्थन रहेकोमा आजैको मितिबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौं।’

पछिल्लो समय सत्ता गठबन्धनसँग जनमत असन्तुष्ट बन्दै गएको छ। राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी बाँडफाँटदेखि नै जनमत असन्तुष्ट छ। मधेसमा जनमत र जसपाबीच तिक्तता बढ्दै गएको छ। हिजोमात्र सप्तरीमा मधेस कृषि विद्यालयको शिलान्यास कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि हुँदा जनमतले विरोध जनाएको थियो। सोही क्रममा मन्त्रीसहित ३ जना सांसद घाइते भएका थिए भने दजनौं कार्यकर्ता घाइते भएका थिए।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend