• Saturday 25th July 2026

राष्ट्रिय सभाका १९ सिटका लागि मतदान सुरु

राष्ट्रिय सभाका १९ सिटका लागि मतदान सुरु


  • लुम्बिनी रिभ्यू

लुम्बिनी— राष्ट्रिय सभा चुनावमा मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि राष्ट्रिय सभाका १९ सिटका लागि मतदान सुरु भएको हो ।

आगामी फागुन २० बाट पदावधि सकिने राष्ट्रिय सभाका २० मध्ये १९ सदस्यका लागि बिहीबार सातै प्रदेशमा मतदान भइरहेको हो । सातवटै मुकामका मतदान केन्द्रबाट बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले मतदान सकिएको तीन/चार घण्टाभित्रै परिणाम घोषणा हुने बताए । उनका अनुसार ७ वटा प्रदेशमा रहेका मतदानस्थलमा १९ पदकै लागि मत हाल्ने केन्द्र छन् ।

आयोगले कोशीका लागि प्रदेश निर्वाचन कार्यालय, मधेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, वाग्मतीका लागि भुटनदेवी मावि र प्राविधिक शिक्षालय, गण्डकीमा प्रदेश निर्वाचन कार्यालय, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र, कर्णालीमा निर्वाचन कार्यालय र सुदूरपश्चिममा प्रदेशसभा भवनलाई मतदानस्थल तोकेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend