बुटवल, नेपालका अन्तराष्ट्रिय शान्ति दुत निरजगोविन्द श्रेष्ठले शान्ति र संवृद्धिका लागि गौतम बुद्धको शान्ति शिक्षालाई अन्तराष्ट्रिय रुपमा फैलाउनुपर्ने बताउनु भएको छ । द्धन्द्ध र हिंसाबाट विश्व आक्रान्त हुन लागेका बेला शान्ति र संवृद्धिका लागि बुद्धका शान्ति सन्देशको झन झन् महत्व बढ्दै गएको बताउनुभयो ।
बुद्ध जन्नम स्थलमा शनिबार आयोजित लुम्बिनी गार्डेन फाउण्डेसन नेपालको साधारण सभा एवं कार्य प्रगति समिक्षा तथा आगामी कार्ययोजना सम्बन्धी कार्यक्रमको उद्घाटन अन्तराष्ट्रिय शान्ति दुत श्रेष्ठले भोको पेटले शान्ति र ंसंवृद्धि नहुने बताउनुभयो । संवृद्धिका लागि लुम्बिनी क्षेत्रको पर्यटन, स्वास्थ्य र आर्थिक संवृद्धिमा सघाउने उहाले बताउनुभयो । लुम्बिनी गार्डेन फाउण्डेसन नेपाल र स्पेनका प्रमुख सरक्षक समेत रहेका श्रेष्ठले बुद्धका ज्ञानलाई विश्वभर फैलाएर त्यसबाट नेपालमा पर्यटन प्रवद्धन गर्ने र आर्थिक संवृद्धिमा सघाउने प्रमुख योजना रहेको बताउनुभयो । विशिष्ट अतिथि लुम्बिनी गार्डेन फाउण्डेसन स्पेनका उपाध्यक्ष गोविन्द सुवेदीले वुद्धका ज्ञानलाई फराकिलो दायराबाट विश्वका जनजनमाझ पुर्याउन लागि पर्ने बताउनुभयो ।

लुम्बिनी गार्डेनले बुद्धका शान्ति सन्देश विश्वभर फैलाउने, लुम्बिनीको पर्यटन प्रवद्धनकालागि अन्तराष्ट्रिय रुपमा पहल गर्ने र लुम्बिनी सांस्कृतिक नगरपालिकाको संरक्षकत्वमा बन्न लागेको बुद्धमाया अस्पताल निर्माणमा स्रोत जुटाउने कार्ययोजना बनाएको छ ।
कार्यक्रममा लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल, सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्याल, गैडहवा गाउपालिका अध्यक्ष सुरेन्द्र पौडेल, रामग्राम नगरपालिका उपप्रमुख सम्झना चौधरी, लुम्बिनी सास्कृतिक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद ज्ञवाली लगायतले लुम्बिनी क्षेत्रको विकासका लागि गर्नुपर्ने प्राथमिक कार्यबारे ुझाब दिदै सहकार्यका लागि आग्रह गर्नुभएको थियो । लुम्बिनी गार्डेन फाउण्डेसन नेपालका अध्यक्ष एवम लुम्बिनी गार्डेन फाउण्डेसन स्पेनका महासचिव एकराज गिरीको अध्यक्षता र तुलसीराम लामिछाने को संचालनमा कार्यक्रम भएको थियो ।

लुम्बिनी रिभ्यू