• Saturday 25th July 2026

लुम्बिनी सरकारले प्रदेश स्थापना माघ २१ मा मनाउने

लुम्बिनी सरकारले प्रदेश स्थापना माघ २१ मा मनाउने

प्रदेशभर सार्वजनिक विदा दिने निर्णय


  • लुम्बिनी रिभ्यू

बुटवल, लुम्बिनी प्रदेश सरकारले प्रदेश सभा र प्रदेश सरकार स्थापना दिवस एकै दिन मनाउने भएको छ ।
प्रदेश सभा स्थापना भएको दिन माघ २१ लाई प्रदेश स्थापना दिवस मनाउन लागेको हो । २०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन पहिलो पटक प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश स्थापना दिवसको अवसरमा पहिलो पटक माघ २१ मा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले बताउनुभयो । यसअघि फागुन ३ गते मुख्यमन्त्री नियक्त भएको दिनमा प्रदेश स्थापना दिवस मनाउने गरिएको थियो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउने प्रदेश सरकारको तयारी छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend