• Saturday 25th July 2026

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गतेदेखि

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गतेदेखि


  • लुम्बिनी रिभ्यू

बुटवल– लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गते शुक्रबार बोलाइएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्‌को निर्णयसहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफारिसअनुसार प्रदेश प्रमुख अमिश शेरचनले बैठक आह्वान गरेका हुन् ।

संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा हुने गरी प्रदेश प्रमुख शेरचनले दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend