• Saturday 25th July 2026

बुटवलमा भन्सार छलेर भित्राइएको २ हजार किलो माछा बरामद

बुटवलमा भन्सार छलेर भित्राइएको २ हजार किलो माछा बरामद


  • लुम्बिनी रिभ्यू

बुटवल, बुटवल प्रहरीले प्रतिबन्धित बैखी जातका २ हजार किलो माछा बरामद गरी नष्ट गरेको छ ।

भन्सार छलेर नेपाल भित्राइएको माछा बुटवल उपमहानगरपालिका ५ हाटबजार लाइनबाट सोमबार बरामद गरी नष्ट गरेको हो ।
विशेष सूचनाका आधारमा हाटबजारको बुटवल सिद्धार्थ क्याम्पस अगाडि शंकास्पद अवस्थामा रोकी राखेको लु २ च ३३२९ नंको बलेरो गाडी चेक जाँच गर्ने क्रममा गाडी भित्र लुकाई छिपाई राखेका माछा २ हजार किलो फेला परेका थिए।

माछा ओसार पोसार गर्ने कपिलबस्तु कपिलवस्तु नगरपालिका १ बस्ने बर्ष २३ का शिव कुमार यादव र बुद्धभूमी नगरपालिका २ का सजहार पखियालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय बुटवल प्रमुख विजयराज पण्डितले बताए ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend