• Saturday 25th July 2026

ल्होछारका अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रम

ल्होछारका अवसरमा विभिन्न स्थानमा विभिन्न कार्यक्रम


  • लुम्बिनी रिभ्यू

काठमाडौँ, । तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउँदैछन् ।

तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ । राजधानीको टुँडिखेल विशेष कार्यक्रमको आयोजना गरी झाँकीसहित ल्होसार मनाएको छ।

बिरालो वर्षको बिदाइ गरी आजदेखि ड्रागन वर्ष सुरु भएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार मनाइन्छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend